राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

२०७९, आश्विन २५ मंगलवार

  • 737
    SHARES

  • राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

    काठमाडौंँ । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

    कोरोना संक्रमण भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएकोमा स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२ः४५ बजे उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

    अहिले राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरू सामान्य रहेका उनले बताए ।

    यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालमा भर्ना गरिएको थियो । त्यस क्रममा पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो ।

    २०७९, आश्विन २५ मंगलवार०३:५०:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार