मत सर्वेक्षण र प्रकाशन गरे कारबाही गरिने : निर्वाचन आयोग

मत सर्वेक्षण र प्रकाशन गरे कारबाही गरिने : निर्वाचन आयोग

२०७९, आश्विन २७ बिहिवार

  • 753
    SHARES

  • मत सर्वेक्षण र प्रकाशन गरे कारबाही गरिने : निर्वाचन आयोग

    काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको मत सर्वेक्षण नगर्न आग्रह गरेको छ ।

    आयोगले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै उम्मेदवारहरूको सम्बन्धमा मत सर्वेक्षण र नतिजा प्रकाशन नगर्न सचेत गराएको हो ।

    आयोगले जारी गरेको आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था छ ।

    11.jpg

     

    २०७९, आश्विन २७ बिहिवार१२:४६:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार