गृहमन्त्री खाणसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

गृहमन्त्री खाणसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२०७९, आश्विन २७ बिहिवार

  • 717
    SHARES

  • गृहमन्त्री खाणसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले आज गृह मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका छन् ।

    भेटमा उनीहरुबीच नेपाल–भारत बीचको आपसी सम्बन्ध र सहयोग आदान–प्रदानबारे छलफल भएको छ । 

    भारतीय राजदूत श्रीवास्तवले भेटमा आगामी मङ्सिर ४ गते निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्री खाणलाई शुभकामना दिएका थिए । 

    गृहमन्त्री खाणले सरकार निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न लागिरहेको बताए । उनले नेपाल र भारतबीच सदियौँदेखि नागरिकस्तरमा सम्बन्ध रहेकाले त्यो सम्बन्ध अझ दिगो हुने विश्वास व्यक्त गरे । 

    गृहमन्त्री खाणसँग यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार बिदाइ भेट गरेकी थिइन् ।

     

    २०७९, आश्विन २७ बिहिवार०३:१५:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार