काठमाडौं । सरकारले भोलि कार्तिक १ गते मंगलवार सार्वजनिक विदा दिएको छ ।
संस्कृतिविद तथा शताव्दि पुरुष सत्यमोहन जोशीको निधनमा नेपाल सरकार गृह मन्त्रालयले एक सूचना प्रकाशित गरि विदाको घोषणा गरेको हो ।
मन्त्रालयले आज सूचना प्रकाशित गर्दै नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु, सार्वजनिक संघसंस्थाहरु, विदेशस्थित कुटनीतिक नियोगहरुमा विदा दिनुका साथै राष्ट्रिय झण्डा झुकाउने निर्णय गरिएको जनाएको छ ।
संस्कृतिविद जोशीको हिजो असोज ३० गते आइतवार बिहान ललितपुरस्थित किस्ट अस्पतालमा निधन भएको थियो । जोशीको शव अध्ययनका लागि विशेष रसायन प्रयोग गरेर अस्पतालमै राखिने भएको छ ।
