लामिछानेलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

लामिछानेलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

२०७९, कार्तिक २ बुधवार

  • 1.1K
    SHARES

  • लामिछानेलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्न चार दिनको म्याद थप गरेको छ ।

    प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख गर्दै पुनः सात दिनको म्याद दिन अदालतसमक्ष आग्रह गरे पनि अदालतले चार दिनको म्याद मात्र थप गरेको छ ।

    लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार आरोपमा गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।

    २०७९, कार्तिक २ बुधवार०१:३१:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार