तिहारमा पनि सर्वोच्च अदालत ११ देखि देखि ३ बजेसम्म खुल्ने

तिहारमा पनि सर्वोच्च अदालत ११ देखि देखि ३ बजेसम्म खुल्ने

२०७९, कार्तिक ८ मंगलवार

  • 913
    SHARES

  • तिहारमा पनि सर्वोच्च अदालत ११ देखि देखि ३ बजेसम्म खुल्ने

    काठमाडौँ । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ ।
         
    सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुल्ला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए ।  

    न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ । अदालत पूर्णरुपमा भने तिहार र छठपछि मात्र खुल्नेछ ।

    २०७९, कार्तिक ८ मंगलवार०३:१६:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार