पाल्पाबाट चितवन जाँदै गरेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

पाल्पाबाट चितवन जाँदै गरेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

२०७९, कार्तिक १३ आइतवार

  • 2.7K
    SHARES

  • पाल्पाबाट चितवन जाँदै गरेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

    पाल्पा । पाल्पाको रम्भा गाउँपालिका १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

    पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा २५ जना घाइते भएका छन् ।

    पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरि चितवन ल्याउने तयारी भैरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

    २०७९, कार्तिक १३ आइतवार०८:०८:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार