प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

२०७९, कार्तिक १३ आइतवार

  • 1.2K
    SHARES

  • प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री देउवाले आज बिहान ट्विट गर्दै पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

    उनले दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

    प्रधानमन्त्री देउवाले सो दुर्घटनाबाट घाइते भएकाहरूको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
    पाल्पाबाट गोरखाको मनकामना जाँदै गरेको एक बस आज बिहान पाल्पाको रम्भा गाउँपालिकामा, हुँगीमा दुर्घटनाग्रस्त हुँदा पाँच जनाको ज्यान गएको छ भने ३० जना घाइते छन् । 

    २०७९, कार्तिक १३ आइतवार०२:२८:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार