बाजुरामा राति घरमै गएर गठबन्धन कार्यकर्ताले गरे एमाले विद्यार्थी नेताको हत्या

बाजुरामा राति घरमै गएर गठबन्धन कार्यकर्ताले गरे एमाले विद्यार्थी नेताको हत्या

२०७९, मंसिर ५ सोमवार

  • 2.1K
    SHARES

  • बाजुरामा राति घरमै गएर गठबन्धन कार्यकर्ताले गरे एमाले विद्यार्थी नेताको हत्या

    डडेलधुरा । बाजुरामा एक जना विद्यार्थी नेताको हत्या गरिएको छ । आइतबार राति घरमा आक्रमण गरेर जिल्लाको त्रिवेणी नगरपालिका-७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ ।

    उनी, अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन् । निर्वाचनमा भएको विवादलाई लिएर घरमा आक्रमण गर्दै उनीमाथि कुटपिट भएको थियो ।

    गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ ।

    आइतबार मतदानका क्रममा एमाले र काँग्रेसका कार्यकर्ताबिच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर २५ वर्षीय काँग्रेसका कार्यकर्ता सुरेन्द्र अयडीको मृत्यु भएको थियो ।

    २०७९, मंसिर ५ सोमवार०७:५६:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार