सांसद बन्ने रवीन्द्रको दोस्रो प्रयास पनि असफल, प्रकाशमान लगातार चौथोपटक निर्वाचित

सांसद बन्ने रवीन्द्रको दोस्रो प्रयास पनि असफल, प्रकाशमान लगातार चौथोपटक निर्वाचित

२०७९, मंसिर ६ मंगलवार

  • 913
    SHARES

  • सांसद बन्ने रवीन्द्रको दोस्रो प्रयास पनि असफल, प्रकाशमान लगातार चौथोपटक निर्वाचित

     

    काठमाडौं,६ मंसिर। काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह एक सय २९ मतको झिनो अन्तरले विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार सिंहले सात हजार १४० मत ल्याएर निर्वाचित भएका हुन् । 
    सिंहका निकटतम प्रतिद्वन्द्वी राप्रपाका रवीन्द्र मिश्रले सात हजार ११ मत प्राप्त गरेका छन् । 
    ०७४ को निर्वाचनमा तत्कालीन साझा पार्टीबाट सिंहसँगै प्रतिश्पर्धामा रहेका मिश्र आठ सय १८ मतान्तरले पराजित भएका थिए । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान चौथोपटक निर्वाचित भएका छन् ।  
    उनका निकटतम प्रतिष्पर्धी राप्रपाका रवीन्द्र मिश्रले ७ हजार ११ मत प्राप्त गरे । 
    सिंह २०६४, २०७०, २०७४ को निर्वाचन सोही क्षेत्रबाट जितेका थिए । यो जितसँगै उनी चौथोपटक सांसद पदबाट निर्वाचित भएका हुन् ।

     

    २०७९, मंसिर ६ मंगलवार०७:२२:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार