नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ आज हुँदै

नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ आज हुँदै

२०७९, पौष ११ सोमवार

  • 937
    SHARES

  • नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ आज हुँदै

    काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज सोमबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । 

    राष्ट्रपति कार्यालयका अनुसार सोमबार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको छ ।

    राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबारका लागि तय भएको छ ।

    नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ । आज नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनसक्ने बताइएको छ । 

    २०७९, पौष ११ सोमवार०७:०८:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार