पौष २९, सुरुङ्गा ।
पूर्वी तराईमा बसोवास गर्ने आदिवासी समुदायले आज राष्ट्रिय भक्का दिवस मनाएका छन् । जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा झापाको बिर्तामोडमा राष्ट्रिय भक्का दिवस मनाइएको हो ।
कोचिला गाभुर फ्रन्टको आयोजनामा बिर्तामोडस्थित सिटी सेन्टरको प्राङ्गणमा चौथो राष्ट्रिय भक्का दिवस मनाइएको हो ।
फ्रन्टले कोच लोक सांस्कृतिकसहित हरेक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भक्का दिवस मनाउने गरेको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए ।
विसं २०७४ देखि प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भक्का दिवस’ घोषणा गरी कोच लोक सांस्कृतिक कार्यक्रमसहित झापाभर ‘राष्ट्रिय भक्का दिवस’ मनाउने गरिन्छ ।

कोच राजवंशी समुदायमा मात्र सीमित रहेको भक्का खाने चलन पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिबीच लोकप्रिय बनेपछि भक्काको प्रवद्र्धन गर्न फ्रन्ट अग्रसर बनेको हो ।
दिवसमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनासहित जिल्लाका विशिष्ट व्यक्तिको सहभागीता रहेको थियो ।
विद्यालय पढ्दा रमाइलो मानी मानी भक्का खुबै खाने गरिन्थ्यो कन्काई माध्यमिक विद्यालयबाट २०५१ सालमा एसएलसी उत्तिर्ण गरेका रुद्र प्रसाद ढकालले बताएका छन् ।
पछिल्लो पुस्ताले देख्नै नपाई लोप हुने होकी भन्ने चिन्ता बढेकोमा थोरै भए पनि ऐतिहासिक संस्कृति जोगाउने प्रयासमा आयोजक लागेकामा अर्का विद्यार्थी केशव कँडेलले खुशी व्यक्त गरेका छन् ।
यहि माघ ५ गते देश तथा विदेशमा छरिएर रहेका २०५१ व्याचका साथीहरु बिच चर्चित पर्यटकीय नगरी दोमुखा घुम्दै भक्का खाने कार्यक्रम नै आयोजना गरिएको पनि ढकालले बताए ।