एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

२०८०, आषाढ ३० शनिवार

  • 753
    SHARES

  • एमाले सचिवालय बैठक बस्दै

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्दैछ। बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको हो।

    आजको बैठकमा पार्टीको आन्तरिक संगठन निर्माण, केन्द्रीय नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुनेछ ।

    यसैगरी, पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

    बैठकको अध्यक्षता पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।

    गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामूहिक छलफल गरेसँगै आजका लागि सचिवालय बैठक डाकिएको हो ।

     

    २०८०, आषाढ ३० शनिवार१०:२७:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार