कांग्रेस केन्द्रीय समिति बैठक जारी, देउवाको आलोचना गर्न डराए 

कांग्रेस केन्द्रीय समिति बैठक जारी, देउवाको आलोचना गर्न डराए 

२०८०, श्रावण ४ बिहिवार

  • 721
    SHARES

  • कांग्रेस केन्द्रीय समिति बैठक जारी, देउवाको आलोचना गर्न डराए 

    काठमाडौँ । नेपाली कांग्रेसको बैठक बिहीबार पनि बस्ने भएको छ। आज बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो।

    पार्टीको केन्द्रीय कार्यसमितिको बैठक झण्डै १ वर्षपछि मंगलबारबाट सुरु भएको हो। जसमा महामन्त्री विश्वप्रकाश शर्माले १० वटा एजेन्डा प्रस्तुत गरेका थिए।

    साथै, अर्का महामन्त्री गगन थापाले वार्षिक कार्यतालिका सहित प्रतिवेदन पेस गरेका थिए। प्रस्तुत भएका एजेन्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले बुधबारदेखि धारणा राख्न सुरु गरेका हुन्।

    बुधबारको बैठकमा ४६ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए। सदस्यहरूको आज पनि आफ्नो धारणा राख्नेछन्।

    बैठकमा सभापति शेर वहादुर देउवाको चर्को आलोचना हुने ठानिए पनि सदस्यहरुले कुरा राख्न नसकेका बैठक स्रोतले बतायो । 

    २०८०, श्रावण ४ बिहिवार०७:४६:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार