काठमाडौ । काठमाडौं बस्ने धरानेहरुलाई बगैचा बनाउन पशुपति विकास कोषले प्रदान गरेको पशुपति नाथ परिसरको जमिनमा आज संस्कृति,पर्यटन तथा नागरिक उड््रयायन मन्त्री सुदन किरांँतीले धरानको विजयपुरबाट लगिएको बाँंस, रुद्राक्ष, वेल, सालका बिरुवाहरु रोपण गरेर उद्घाटन गरेका छन् ।
आज रोपण गरिएका बिरुवाहरु धरान वार्ड नं १४ का वडा कार्यालयले संकलन गरी वडाध्यक्ष कृष्ण भट्टराईले काठमाडौं पठाएका थिए । ४ प्रजातिका बाँसका बिरुवाहरु भने ओशो आश्रम, धरान सर्दु खोलाबाट ल्याइएको थिया । वृक्षारोपण कार्यक्रममा मन्त्री किराँती आफैले खाडल खनेर बिरुवाहरु रोपण गर्दा विजयपुर निवासी सरोज खनालले स्वस्तीशान्ति मन्त्रोचारण गर्दै सवैले धुपदिप गरेर वगैचा निर्माणको शुभारम्भ गरेका थिए ।
रुद्राक्षरण्य धरान वाटिक नाम दिइएको सो बगंैचाको वरिपरि विभिन्न जातका बाँस रोपेर बाँसको जैविक म्युजियम र बीच भागमा दन्तकाली, पिण्डेश्वर,बुढासुव्बा,पन्चकन्या, वराहक्षेत्रको मन्दिरहरुको रुप झल्कने टोपरीया शैलीमा जैविक मन्दिर बनाइने योजना रहेको कुरा सो बगैंचा निर्माणका परिकल्पनाकार तथा वातावरण पत्रकार आनन्द श्रेष्ठले जानकारी गराएका थिए ।
चार महिनाभित्र एउटा सुन्दर र अरुभन्दा भिन्न विशेषताको बगैचा बनाउन धरानको एक कनसल्टेन्सीले नापजाँच गरी डीपीआरको काम गरिरहेको उनले बताए । उद्घाटन पश्चात मन्तव्य दिँदै मन्त्री किराँतीले अबको धार्मिक स्थलहरुमा धर्म र प्रकृतिलाई जोड्ने प्रयास गर्नुपर्छ, जसको लागि यो बगैचा उदाहरणीय वन्न सकोस् भन्ने शुभ कामना दिएका थिए ।

सो कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम वेघा, प्रदेश नं १ की पूर्वउपसभामुख सरस्वती पोख्रेल,वरिष्ट गायक तथा संगीतकार दिप श्रेष्ठ, पशुपति विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, धरान महिला सञ्जालकी पूर्व अध्यक्ष चेतना श्रेष्ठ, व्यापारी देवेन्द्र बजगाई, ओम श्रेष्ठ लगायत धरानका लव्धप्रतिष्ठित व्यतिmहरुले पनि वृक्षारोपण गरेका थिए । धरानेहरुले जहिले पनि नौलो नौलो काम गरेर सवैमा उदाहरणीय बन्ने गरेकोमा प्रसंसा गर्दै यो वगैचाले पनि अब धरानेहरुको नाम राख्ने कुरामा आफू विश्वस्त रहेको कोशी प्रदेशकी पूर्व उपसभामुख सरस्वती पोखरेलले बताइन् ।
पशुपतिनाथ मन्दिर जस्तो पवित्र तीर्थस्थलमा अध्यात्मिक बगैचा बनाउने अवसर पाउनु धरानेहरुको लागि अर्को गौरवको विषय नभएकोले यसको निर्माणको लागी हामी धरानभित्र बाहिर वस्ने सबै धरानेहरुले जुट्नुपर्ने धरानका उपप्रमुख वेघाले बताए । अब यो बगैंचा निर्माणको लागि धरान सरोकार मन्च काठमाडौले पनि पहल लिने कुरा मन्चका महासचिव सरोज खनालले बताए ।
गौशाला चोकदेखि प्रहरी चौकी हुदै पशुपति मन्दिर जाने बाटोमा पर्ने झण्डै १५ रोपनी जमिनमा फैलिएको पक्कि पर्खालसहितको सो स्थानमा सुरक्षाको लागि पर्यटक प्रहरी चौकी पनि रहेको छ । सफा पशुपति सुन्दर पशुपति भन्ने नारा दिएर मन्त्री सुदन किराँती ले ६ महिना पशुपति नाथ मन्दिर परिसर सफाई अभियान चलाएपछि पशुपतिनाथ परिसरमा रहेको अन्य खाली जमिनलाई पनि बगैंचा बनाउन विभिन्न सामाजिक संघसंस्थालाई प्रस्ताव आव्हान गरिएको थियो ।
सोही प्रस्तावअनुसार धरान बाहिरका धरानेहरुको नाममा हालिएको प्रस्तावलाई कोषले शर्तसहित बगैंचा बनाउन स्वीकृत दिएको कुरा हाल काठमाडौ वस्दै आएका रंगकर्मी तथा पहलकर्ता राजेन्द्र रिमालले बताए ।