कोशी सरकारको वैधानिकता पूर्ण इजलासमा, आजबाट निरन्तर बहस हुने

कोशी सरकारको वैधानिकता पूर्ण इजलासमा, आजबाट निरन्तर बहस हुने

२०८०, श्रावण ९ मंगलवार

  • 757
    SHARES

  • कोशी सरकारको वैधानिकता पूर्ण इजलासमा, आजबाट निरन्तर बहस हुने

    काठमाडौँ । कोशी प्रदेश सरकारको वैधानिकता माथि आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा छलफल हुने भएको छ ।

    गत २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेश गरेर मुख्यमन्त्री नियुक्ति गरे पछि असन्तुष्ट पक्ष सर्वोच्च पुगेका थिए । संविधान विपरीत सभामुखको हस्ताक्षर प्रयोग गरेर थापालाई प्रदेश परशुराम प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरे पछि सोको विरुद्धमा सो प्रदेशको सबैभन्दा ठुलो दल नेकपा एमाले सर्वोच्च अदालतमा पुगेको हो ।

    मुख्यमन्त्री थापा, सभामुख गौतम र प्रदेश प्रमुख खापुङलाई विपक्षी बनाएर दिएको मुद्दामा सोमवार सुनवाइ हुँदा न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन पूर्ण इजलासमा पठाउन आदेश दिए पछि आजबाट पूर्ण इजलासमा सुनवाइ हुन लागेको हो ।

    संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुन नसक्ने र १६८ (३) अनुसार ठूलो दलको संसदीय दलको नेताका हैसियतमा आफू मुख्यमन्त्री हुने कार्कीको दाबी थियो । तर, प्रदेश प्रमुख खापुङले सभामुखको हस्ताक्षरसहित आएको पत्रलाई मान्यता दिँदै थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

    सो विषयमा आजबाट पूर्ण इजलासमा सुनवाइ हुन लागेको हो ।

    २०८०, श्रावण ९ मंगलवार०७:५१:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार