वीर अस्पतालमा एक वर्षमा गरिएका २५ काम र १० प्राथमिकता

वीर अस्पतालमा एक वर्षमा गरिएका २५ काम र १० प्राथमिकता

२०८०, श्रावण १२ शुक्रवार

  • 1.2K
    SHARES

  • वीर अस्पतालमा एक वर्षमा गरिएका २५ काम र १० प्राथमिकता

    वीर अस्पतालको १३४ औं वार्षिकोत्सव मनाउन पाउँदा मलाई ज्यादै खुसी लागेको छ। यो अस्पताल सर्वसुलभ एवं गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवाको लागि सुपरिचित छ। स्थापनाको १३४ औं वर्षसम्म पनि आम जनताको विश्वासप्रति हामी कृतज्ञ छौं। जनताले अस्पतालप्रति देखाएको आशा र भरोसालाई कत्ति पनि कम हुन नदिन हामी अनवरत प्रयासरत छौं।

    आधारभुतदेखि अति विशिष्टिकृत स्वास्थ्य सेवा एकै छानामुनि प्रदान गर्नुपर्दा वीर अस्पताल जहिले पनि जनशक्ति र स्रोतसाधनको सन्दर्भमा चापमा रहने गरेको यथार्थ हामीमाझ छर्लङ्ग छ। अन्तर्राष्ट्रियस्तरमा उपलब्ध भएका नविनतम प्रविधि र उपचार पद्धतीलाई आत्मसाथ गरि सेवालाई परिष्कृत गरिदै लगिएको छ। एभिडेन्स बेस्ड मेडिसिनको अवधारणालाई अंगिकार गर्दै विश्वस्तरको स्वास्थ्य सेवा नेपाली जनताले पनि पाउनुपर्छ भन्ने सोचमा आधारित रहेर प्राज्ञिक कार्यक्रमलाई पनि वीर अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमार्फत अंगिकार गरिरहेको छ।

    वीर अस्पताल सर्वसुलभ स्वास्थ्य सेवाको पर्यायवाची नै हो भन्दा अतिशयोक्ति नहोला। विशेषगरी आकस्मिक उपचार, सघन उपचार एवं शल्यक्रिया जस्ता जटिल र संवेदनशिल स्वास्थ्य सेवामा जनताको आउट अफ पकेट एक्सपेन्डिचर बढी नै हुने गरेको छ। उक्त विषयलाई स्वास्थ्य बीमामा समेट्ने प्रयास तथा पहलकदमी गरिएको छ। 

    स्वास्थ्य बीमाको अवधारणा लागू भैसकेको हालको परिप्रेक्ष्यमा आम सेवाग्राहीको अपेक्षा पनि बढेका छन्। सँगसँगै यसले सेवाको छरितोपनमा हामीलाई चुनौति पनि थपिदिएको छ। नयाँ सर्जिकल भवन मार्फत सर्जिकल सेवाको बढ्दो माग र चापलाई व्यवस्थित गर्दै छिटो छरितो सेवा दिन प्रयासरत छौं। निकट भविष्यमा विस्तारित अस्पताल सेवा मार्फत सेवा अवधि बढाई अहिलेको चापलाई धेरै हदसम्म सम्बोधन गर्न सकिन्छ भन्ने अपेक्षा सहित सो काममा अगाडि बढेका छौं।

    आइसीयूको क्षमता बढाउन एचडीयुको संख्या थपेर स्टेप-डाउन फ्यासिलिटीका रुपमा विकास गरिदै छ। यसरी सघन उपचारको क्षमता १०० वेड सम्म पुर्याउने लक्ष्य रहेको छ। आकस्मिक सेवालाई स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकलसहित प्राथमिकताका आधारमा उपचारको व्यबस्था गरिदै छ। आकस्मिक उपचारको लागि पनि पालो कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न बेड क्षमता वृद्धि गर्दै छिटो छरितो आकस्मिक सेवा र डिफाइनेटिभको अवधारणामा पनि काम गर्दैछौं।

    यस वर्ष गरिएका महत्वपूर्ण कार्यहरु :
    १ प्रयोगशाला सेवा विस्तारः इमर्जेन्सी ल्यावमा एलआइस लागू, जाइका भवन अगाडि रगत संकलन केन्द्रलाई विस्तार गरिएको।

    २ इ.एन.टी. ओ.पी.डी.मा एलर्जी टेष्ट सुरुवात गरिएको।

    ३ नगद काउन्टर हरेक तलामा थप गरिएका कारण भिडभाड कम भएको।

    ४ विहान ७ बजेदेखि टिकट काउन्टर सञ्चालन गरिएको।

    ५ अस्पतालका सेवाहरुलाई प्रभावकारी र गुणस्तरीय बनाउन विहान ८ बजेदेखि नै आवश्यक सेवाहरु सुचारु गरिएको।

    ६ क्याथ ल्याब सेवा पुन: सुरु र एनजिओप्लास्ट, पारासिटामोल, पेरिकार्डियोसेन्टेसिस, टेम्पोररी पेसमेकर राख्ने कार्य नियमित भइरहेको।

    ७ यस अस्पतालमा रहेका साधारण बेडहरुलाई निःशुल्क बेडमा परिवर्तन गरिएको।

    ८ पुरानो पेइङ्ग मेडिकल वार्ड रहेको स्थानमा दाँत भर्ने र कृतिम दाँतहरु राख्ने सेवालाई थप विस्तार गरिएको।

    ९ इमर्जेन्सीमा ट्रायज प्रणाली लागू गरिएको।

    १० नयाँ सर्जिकल भवनको भुइँतला र सोही भवनको शल्यक्रिया कक्ष अगाडि फार्मेसी सेवालाई थप विस्तार गरी सेवा दिइँदै आएको।

    ११ नयाँ सर्जिकल भवनमा १८ वटा शल्यक्रिया कक्षबाट सेवा विस्तार गरिएको। 

    १२ अस्पतालमा भर्ना भएका बिरामीहरुलाई डिस्चार्ज गर्दा सफ्टवेयर मार्फत गर्ने गरिएको।

    १३ ओ.पी.डी. भवनमा रहेका शौचालयहरुलाई मर्मत संभार गरि स्तरोन्नती गरिएको।

    १४ सेवाग्राहीहरुको जानकारीको लागि कुन सेवा कहाँ छ भनेर प्रत्येक तलामा सेवासम्वन्धी सूचना लेखिएको।

    १५ अस्पताल परिसरमा बगैंचा निर्माण तथा बस्नको लागि बेन्च राखिएको।

    १६ अस्पतालमा रहेका पुराना औषधि पसलहरुलाई हटाई उक्त स्थानमा पर्खाल लगाउने र सरसफाई गर्ने काम भएको।

    १७ अन्कोलोजी विभागमा इएमआर प्रणाली लागू गरिएको।

    १८ वैदेशिक रोजगार वोर्डको समन्वयमा वैदेशिक रोजगारमा जानेलाई टेलिमेडिसिन सेवा सञ्चालन गरिएको।

    १९ सामाजिक सेवा अन्तर्गत सेवा प्रदान गर्नका लागि केन्द्रीय कारागार (नख्खु र डिल्लीबजार) कर्णाली प्रदेशसँग जन आन्दोलन घाइतेको उपचारको लागि सेवा सम्झौता गरिएको।

    २० प्रदेश स्वास्थ्य तालिम केन्द्रसँग समन्वय गरी लुम्बिनी, बागमती, गण्डकी, सदुर पश्चिमका स्वास्थ्यकर्मीलाई ३ महिनाको डायलासिस र आई.सि.यु. सेवाको तालिम प्रदान गरि सेवा विस्तारमा वीर अस्पतालले भूमिका खेलेको।

    २१ सर्जिकल भवनमा सिटी स्क्यान सेवा सुरु गरिएको।

    २२ चेष्ट युनिट अन्तर्गत स्लिप ल्याव सेवा सुरु गरिएको।

    २३ अस्पतालको प्राङ्गणमा ब्लड बैंक मार्फत हरेक आइतवार ब्लड डोनेशन गर्ने कार्य सुरु गरिएको।

    २४ अस्पतालका सरसफाईकर्मीलाई सफाई तथा केमिकल प्रयोग सम्वन्धमा तालिम संचालन गरिएको।

    २५ न्यूरोसर्जरी विभाग अन्तर्गत ब्रेन ट्रमा सेन्टर सुरु गरिएको।

    यस वर्षका १० प्राथमिकता
    १ बर्न सेन्टर (जलन उपचार केन्द्र) स्थापना गर्ने : अत्याधुनिक जलन उपचार केन्द्रको सम्भाव्यता अध्ययन गरिएको र सोही अनुरुप योजना अघि बढेको। बजेट अभावका कारण गएको आ।व।मा सम्पन्न हुन नसकेको। यस वर्ष वजेट प्राप्त भइसकेकोले यथाशिघ्र संचालनमा ल्याइने। 

    २ क्यान्सर उपचार केन्द्र : अन्कोलोजी विभागको क्षमता विस्तार हुने टोमोथेरापी मेसिन जोडिने र रेडियसन थेरापी सुरु हुने। बाँकी बंकरमा नयाँ लिन्‍याक जोड्ने प्रयास सफल नभएको। यस वर्ष थप बजेट प्राप्त भए गर्न सकिने।

    ३ आइसीयू र एचडीयूको क्षमता बढाउने :  १०० बेड बनाउने

    ४ सर्जरी सेवाको क्षमता विस्तार:
    - हरेक दिन सवै विधाका सर्जरी ओपिडी हुने
    - १८ वटा थिएटरबाट सेवा सुचारु हुने।
    - अहिले दैनिक ६०- ७० हुने गरेकोमा पुर्ण क्षमतामा चल्दा १०० जना सम्मको अपरेसन हुने।
    - इएचएस विस्तारित सेवा मार्फत जादा ५० प्रतिशत थप गर्न सकिने। यसरी दैनिक
    १५० जनाका दरले सेवा दिन सकिने। (अहिले मेजर र इन्टरमेडियट गरी ८३५६ सर्जरी भएको)

    ५ फार्मेसी सेवाको सुदृढिकरण : दुवै फार्मेसीबाट औषधिको सुनिश्चितता

    - जनशक्ति कम रहेको। बीमाबाट रकम प्राप्त शोधभर्ना ढिलाइ हुला समयमै भुक्तानी गर्न नसकिएको।
    - चिकित्सकले औषधिको ब्रान्ड तोकी दिदा विरामी कन्फ्युजनमा परेको र अस्पतालको छबिमा असर गरेकोले जेनेरिक नाममा बीका औषधि लेखेमा राम्रो हुने 
    - अनावश्यक औषधि र भिटामिन लेख्ने बानी र भिटामिन बीमामा नहुँदा बिरामीले अस्पताललाई नराम्रो दृस्टिले हेर्ने गरेको।

    ६ सामाजिक सेवा र बीमा:
    - देश भरिबाट रिफर भएर बिरामी यस अस्पतालमा आउने गरेकोले बिरामीको चाप बढेको बढ्यैछ तर सो अनुपातमा दक्ष जनशक्ति तथा अनुदान प्राप्त नहुदा सेवा प्रवाहमा कठीनाइ भएको।
    - बीमाका लागि काउन्टर सबै ब्लक(ओपीडी मेडिकल, सर्जिकलमा बढाउने योजना रहेको।

    ७ आकस्मिक सेवा सुधार:
    - हामिले नो र छैन नभनी आए जतिलाइ सेवा दिने कोशीश गर्दा अत्याधिक चाप भएको छ। एउटै वेडमा २ ३ जना सम्मलाइ सेवा दिनुपरेको अवस्था छ।

    ८ निरोगी क्लिनिक :
    - एमडिजीपी चिकित्सकले हेर्ने गरी हरेक विहान ८ बजे देखि १२ बजेसम्म संचालन गर्ने तयारी गरिएको।

    ९ डिजिटाइजेसन र इएमआरको व्यवस्था साथै टेलिमेडिसिन
    - तथ्यांकहरु हाम्रा सम्पति हुन्
    - डिजिटल हेल्थ वीर अस्पतालबाटै लागु गर्न सकिन्छ। रिसर्चको फाउन्डेसन नै इएमआर हो
    - एभिडेन्स बेस्ड मेडिकल प्र्याक्टिसको अवधारणामा जानुपर्ने।

    १० मिर्गौला प्रत्यारोपन तथा डायलाइसिस सेवा
    - हप्तामा २ पटक प्रत्यारोपण
    - दैनिक १०० जनाको डायलाइसिस

    (डा पौडेल वीर अस्पतालका निर्देशक हुन्।) -स्वास्थ्य खबर

    २०८०, श्रावण १२ शुक्रवार०९:२७:२९

    डा सन्तोष पौडेल

    प्रतिक्रिया
    सम्बन्धित समाचार