एमालेका सबै कमिटीमा ४० वर्षमुनिका युवा, जिल्ला कमिटीमा १५ प्रतिशत अनिवार्य 

एमालेका सबै कमिटीमा ४० वर्षमुनिका युवा, जिल्ला कमिटीमा १५ प्रतिशत अनिवार्य 

२०८०, श्रावण २९ सोमवार

  • 913
    SHARES

  • एमालेका सबै कमिटीमा ४० वर्षमुनिका युवा, जिल्ला कमिटीमा १५ प्रतिशत अनिवार्य 

    काठमाडौं । नेकपा एमालेले पार्टीका सबै कमिटीमा ४० वर्षमुनिका युवाहरूको सहभागिता बढाउन कोटा तोकेको छ । केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले पार्टीका प्रदेशदेखि टोल कमिटीसम्म युवाको न्यूनतम प्रतिशत तोकेर मातहत कमिटीमा पठाउने निर्णय गरेको हो ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश अधिवेशनहरूबाट ४० वर्षमुनिका कम्तीमा १० प्रतिशत युवाको अनिवार्य प्रतिनिधित्व हुने बताए ।

    त्यस्तै जिल्ला कमिटीमा न्यूनतम १५ प्रतिशत, पालिका कमिटीमा न्यूनतम २० प्रतिशत र वडा तथा टोल कमिटीहरूमा कम्तीमा ३३ प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने ज्ञवालीले जनाए । 

    २०८०, श्रावण २९ सोमवार०६:३१:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार