काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ ।
बैठक बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने सचिव योगेश भट्टराईले बताए ।
भदौ ९ गते बस्ने तय भए पनि वर्षाका कारण स्थगित भएको बैठक आज बस्न लागेको हो ।
३४ वर्ष अगाडी चौथो महाधिवेशनबाट स्व जननेता मदन भण्डारीलाई महासचिव बनाउँदै नेपाली राजनीतिमा दरिलो पाईला टेकेको एमालेले भाद्र महिनालाई स्मरण गर्दै अम्बासमा बैठक बस्न लागेको भट्टराईले जनाएका छन् ।