काठमाडौँ । सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष साबित भएको बताएका छन् ।
समाजवादी मोर्चाले पोखरामा गरेको सन्देश सभामा ‘प्रचण्ड’ले माधव नेपालको बारेमा के हो कसो हो भन्ने भएको तर अहिले निर्दोष साबित भएको बताए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बयान लिएर मुद्दा चलाउन नपर्ने भन्दै लिखित दिएकाले नेपाल निर्दोष साबित भएको ‘प्रचण्ड’को भनाइ छ ।
‘सीआईबीले के हो भनेर उहाँको पनि बयान लियो, बयान लिएर मुद्दा चलाउन नपर्ने भनेर लिखित दिएपछि सधैँको टेन्सन सकियो,’ उनले भने, ‘त्यो टेन्सन उहाँलाई मात्र होइन मलाई पनि थियो ।’