एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

२०८०, भाद्र १८ सोमवार

  • 853
    SHARES

  • एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सोमबार बस्दैछ।

    बैठक आज बिहान ८ बजेका लागि आह्वान गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

    केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल गर्न आज बैठक बोलाइएको हो।

    प्रवक्ता खतिवडाका अनुसार आजको बैठकमा आगामी माघमा तय भएको पार्टीको महाधिवेशनको तयारीबारे पनि छलफल हुनेछ।

    बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ।

    २०८०, भाद्र १८ सोमवार०७:३१:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार