राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गरिने, अन्त्येष्टिकै दिन सार्वजनिक बिदा

राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गरिने, अन्त्येष्टिकै दिन सार्वजनिक बिदा

२०८०, भाद्र २६ मंगलवार

  • 673
    SHARES

  • राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गरिने, अन्त्येष्टिकै दिन सार्वजनिक बिदा

    काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

    सरकारको मंगलवार बसेको आकस्मिक बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

    छोराहरू विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ त्यसै दिन सार्वजनिक बिदा दिइने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताए ।

    नेम्वाङको गएको राती हृदयाघातका कारण निधन भएको थियो । 

    २०८०, भाद्र २६ मंगलवार१०:५५:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार