देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन : सभापति लामिछाने

देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन : सभापति लामिछाने

२०८०, भाद्र ३० शनिवार

  • 1.1K
    SHARES

  • देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन : सभापति लामिछाने

    गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताउनुभएको छ ।

    गोरखा सदरमुकाममा आज आयोजित आमसभामा उहाँले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताउनुभयो ।

    “हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न हिँडेका हौँ”, सभापति लामिछानेले भन्नुभयो । नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रुपमा हेरेको उहाँको भनाइ थियो ।

    देशलाई समृद्ध बनाउने रास्वपाको अभियान रहेको उल्लेख गर्दै सभापति लामिछानेले क्षमतावान व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताउनुभयो ।

    सभापति लामिछानेले पद पाउनका लागि मात्र आउनेलाई पार्टीले स्वीकार नगर्ने बताउनुभयो ।

    २०८०, भाद्र ३० शनिवार०६:०८:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार