काठमाडौँ । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ ।
शुक्रबार राति बजारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी)वीरेन्द्र थापाले जानकारी दिए ।
राति १ बजे लागेको आगो बिहान साढे ४ बजे सुरक्षाकर्मी र स्थानीयवासीले नियन्त्रणमा लिएको उनले बताए ।
डीएसपी थापाका अनुसार बजारका ६ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् ।
कुनै मानवीय क्षति नभएको तर ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको डीएसपी थापाले बताए ।