एमाले बागमती अधिवेशन : नेतृत्व चुन्न मतदान आज

एमाले बागमती अधिवेशन : नेतृत्व चुन्न मतदान आज

२०८०, आश्विन ११ बिहिवार

  • 825
    SHARES

  • एमाले बागमती अधिवेशन : नेतृत्व चुन्न मतदान आज

    काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदै छ ।

    बिहीबार मतदान एमाले पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुनेछ ।

    एमाले बागमतीले भोटिङ मेसिन प्रयोग गरेर मतदान गर्दै छ । ४० वटा भोटिङ मेसिन प्रयोग गरेर चुनाव गर्ने तयारी छ । एमाले बागमतीमा १ हजार १७४ जना मतदाता रहेका छन् ।

    प्रदेश अध्यक्षका लागि चारसहित उपाध्यक्ष, सचिव र उपसचिवमा २६ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा कैलाश ढुङ्गेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उम्मेदवारी दिएका छन् ।

    यस्तै, उपाध्यक्षमा दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ ।

    २०८०, आश्विन ११ बिहिवार१०:१२:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार