एमाले कोशी प्रदेशमा ९७७ मत खस्यो, मतगणना दिउँसो 

एमाले कोशी प्रदेशमा ९७७ मत खस्यो, मतगणना दिउँसो 

२०८०, आश्विन १५ सोमवार

  • 853
    SHARES

  • एमाले कोशी प्रदेशमा ९७७ मत खस्यो, मतगणना दिउँसो 

    मोरङ । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा ९ सय ७७ मत खसेको छ।

    विराटनगरस्थित एक होटलमा सोमबार बिहान साढे ५ बजे मतदान कार्य सम्पन्न भएको हो । 

    आइतबार राति १० बजेबाट सुरु भएको मतदानमा प्रदेशका १४ जिल्लाबाट ९ सय ९७ प्रतिनिधि रहेका थिए।

    मतगणना आज दिउँसो १ बजेबाट सुरु हुने एमालेले जनाएको छ । 

    कोसी प्रदेश कमिटिको प्रथम अधिवेशनमा अध्यक्षतर्फ मोरङका विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा छ।

    शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए।

    अध्यक्षका दुई प्रत्यासीबीच सर्वसम्मतको प्रयास असफल भएपछि आइतबार बिहानैबाट निर्वाचन हुने भनिए पनि राति १० बजेबाट मात्र सुरु भएको हो।

    यसअघि उपाध्यक्षमा एकल उम्मेदवारी परेपछि टीकाराम चेम्जोङ निर्विरोध चयन भएका छन्। उनीसँगै अन्य ४९ जना पदाधिकारी सदस्यमा निर्विरोध चयन भएका हुन्।

    २०८०, आश्विन १५ सोमवार०७:५९:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार