विराटनगर । नेकपा एमाले कोशी प्रदेशमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा घनश्याम खतिवडा विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतान्तरले हराउँदै खतिवडा विजयी भएका हुन् ।
त्यसैगरि, उपाध्यक्षमा टिकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भए । सचिवमा राजकुमार भण्डारी उपसचिवमा देवान राई र जलबर्षा राजवङ्शी विजयी भइन् ।
अन्तिम मत परिणाम :
अध्यक्ष
विनोद ढकाल : ४३०
घनश्याम खतिवडा : ५१२
सचिव
शैलेस लामा : ३८१
राजकुमार भण्डारी : ५२४
उपसचिव
देवान राई : ६१०
जलवर्षा राजवंशी : ६२८
मजदुर क्लष्टर
१. भीमज्वाला राई :६१४ (विजयी)
२. अम्बिर लिङ्देन :५२२ (विजयी)
३. किशोर धमला : ४४६ (विजयी)
मजदुर महिला (२जना)
१. निर्मला परियार :५६८ (विजयी)
२. डोमा राई : ५३३ (विजयी)