एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन आजदेखि

एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन आजदेखि

२०८०, आश्विन १९ शुक्रवार

  • 1.1K
    SHARES

  • एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन आजदेखि

    काठमाडौं । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन आजदेखि हुँदैछ । 

    आज असोज १९ गतेबाट शुरुवात हुने अधिवेशनको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह बार्ह बजे राष्ट्रिय सभा गृहमा गर्ने कार्यक्रम तय भएको छ । 

    गैर भूगोलका विशेष क्षेत्र पेशाकर्मी, उद्योग व्यवसायी, युवा विद्यार्थी र मजदूर क्षेत्रको छाता संगठनका रूपमा रहेको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन भोलि २० गते सम्म संचालन हुने एमालेले जनाएको छ । 

    भोलि राजनीतिक तथा आर्थिक प्रतिवेदन पारित भएसँगै निर्वाचन प्रक्रिया अगाडी बढ्ने छ । अधिवेशनले ८५ सदस्यीय विशेष प्रदेश कमिटी निर्माण गर्ने छ । हाल प्रदेशको अध्यक्षमा प्रेम कुमार पराजुली रहेका छन् । 

    देशका ७ वटै प्रदेशमा निर्वाचन मार्फत समिति निर्माण भईरहँदा त्यसको असर विशेष प्रदेशमा पनि पर्न सक्ने अनुमान गरिएको छ । 

    २०८०, आश्विन १९ शुक्रवार०९:३९:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार