काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज मङ्गलबार सङ्घीय संसद्भवन नयाँ वानेश्वरमा बस्ने भएको छ ।
काँग्रेस संसदीय दलले सोमवार एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।
बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जनाए ।