कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथग्रहण गर्ने

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथग्रहण गर्ने

२०८०, आश्विन २८ आइतवार

  • 729
    SHARES

  • कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथग्रहण गर्ने

    मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन्।

    शनिबार बिहान प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

    प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

    मुख्यमन्त्री कार्कीको शपथग्रहण आज दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा हुन लागेको हो। आज नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने पनि बताइएको छ।

     

    २०८०, आश्विन २८ आइतवार०८:२२:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार