एमालेद्धारा आयोजित मध्यपहाडी लोक मार्ग पदयात्राको तयारी पूरा

एमालेद्धारा आयोजित मध्यपहाडी लोक मार्ग पदयात्राको तयारी पूरा

२०८०, मंसिर १२ मंगलवार

  • 785
    SHARES

  • एमालेद्धारा आयोजित मध्यपहाडी लोक मार्ग पदयात्राको तयारी पूरा

    काठमाडौँ । नेकपा एमालेले आगामी १४ गतेबाट सुरु गर्न लागेको मध्य पहाडी लोकमार्ग पदयात्राको तयारी पूरा भएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओली सहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू धनगढी पुगेका छन् ।

    भोलि उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शङ्कर पोखरेल उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरू जाने बताइएको छ ।

    १४ गतेको कार्यक्रमको लागि एमाले अध्यक्ष सहितका नेताहरू भोलि बैतडी प्रस्थान गर्ने छन् । भोलि बैतडी बस्ने र १४ गते बिहान ८ः३० बजे पदयात्राको उद्घाटन गर्ने तयारी गरिएको छ । अध्यक्ष ओलीले झन्डा अनावरण गरेर पदयात्राको उद्घाटन गर्ने सचिव छविलाल विश्वकर्माले जानकारी दिए ।

    झुलाघाटमा उद्घाटन पछि बैतडी सदरमुकाम गोठलापानीको विशाल जनसभामा ओलीले सम्बोधन गर्ने छन् । बैतडीकै खोड्पेमा सन्देश सभा आयोजना गरिने छ । डडेल्धुराको उग्रतारा दर्शन पछि १४ गते उक्त टोली डडेल्धुरामै रहने छ ।

    १५ गते डडेल्धुराको अमरगढी किल्ला अवलोकन गर्ने, बागबजारमा सन्देश सभा गर्ने, डोटीको शिलगडीमा जनसभा गर्ने र शैलेश्वरीको दर्शन गर्ने कार्यपालिका रहेको छ । १६ गते अछामको साँफेबगरमा सन्देश सभा गर्ने र मङ्गलसेनमा जनसभा सम्बोधन गर्ने कार्यपालिका रहेको छ ।

    १७ गते सुदूरपश्चिम प्रदेश कमिटीले अध्यक्ष सहितको टोलीलाई कर्णाली प्रदेशमा बिदाइ गर्ने जनाएको छ । १९ दिनमा सङ्कल्प यात्रा अन्त्य गर्ने जनाइएको छ । पुस ५ गते काठमाडौँमा समग्र सङ्कल्प यात्राको सन्देश प्रवाह गर्ने एमालेले तयारी गरेको छ ।

    २०८०, मंसिर १२ मंगलवार०८:००:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार