कांग्रेसले जुट्यो प्रदेश सम्मेलनमा, लुम्बिनी प्रदेशबाट शुरुवात

कांग्रेसले जुट्यो प्रदेश सम्मेलनमा, लुम्बिनी प्रदेशबाट शुरुवात

२०८०, मंसिर १३ बुधवार

  • 741
    SHARES

  • कांग्रेसले जुट्यो प्रदेश सम्मेलनमा, लुम्बिनी प्रदेशबाट शुरुवात

    काठमाडौं । नेपाली कांग्रेसले पहिलोपटक प्रदेश सम्मेलन गर्न लागेको छ। पार्टीका सबै तहले प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएकाले प्रदेश संरचनाको पनि सम्मेलन गर्न लागेको कांग्रेसले जनाएको छ।

    सबैभन्दा पहिला लुम्बिनी प्रदेशले सम्मेलन गर्ने भएको छ। लुम्बिनी प्रदेश कार्यसमितिले मंसिरको १६ र १७ गतेका लागि सम्मेलनको मिति तोकेको छ।

    सम्मेलन लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवलमा राखिएको छ। सम्मेलनको उद्धघाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन्। सम्मेलनमा पार्टीका शीर्ष तहका नेताहरु उपसभापतिद्वय पूर्णबहादुर खड्का,धनराज गुरुङ,दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायत सहभागी हुँदैछन्। लुम्बिनी प्रदेशका ५०० बढी प्रतिनिधि सहभागी हुनेछन्।

    पहिलो दिन उद्धघाटन र दोस्रो दिन बन्द सत्रको कार्यतालिका तय गरिएको छ। 

    २०८०, मंसिर १३ बुधवार०७:४१:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार