मध्यपहाडी सङ्कल्प यात्राको एमाले टोलीलाई माओवादीको स्वागत

मध्यपहाडी सङ्कल्प यात्राको एमाले टोलीलाई माओवादीको स्वागत

२०८०, मंसिर १९ मंगलवार

  • 665
    SHARES

  • मध्यपहाडी सङ्कल्प यात्राको एमाले टोलीलाई माओवादीको स्वागत

    काठमाडौँ । मध्यपहाडी राजमार्गमा समृद्धिका सङ्कल्प यात्राको क्रममा कर्णालीको सानी भेरी किनारामा पुगेको नेकपा एमालेको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले स्वागत गरेका छन् ।

    मङ्गलवार सुर्खेतबाट भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमतर्फ गएको टोलीलाई रिम्ना भन्ने ठाउँमा माओवादीले स्वागत गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको टोलीलाई स्वागत गर्दै शर्माले भूकम्प प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी समेत गराएका छन् ।

    उनले एमालेको शीर्ष नेतृत्व नै सङ्कल्प यात्राका क्रममा सो क्षेत्रमा आएकोमा अध्यक्ष ओलीलाई धन्यवाद दिएका छन् । रिम्ना जाजरकोट र रुकुम पश्चिमको सिमानामा पर्छ ।

    शर्मा एमालेले बनाएको स्वागत गेटमै पुगेका थिए । उनी भूकम्पपछि गृह जिल्लामै छन् । ओलीले दुवै जिल्लाका भूकम्प प्रभावितहरूको अवस्था बुझ्दैछन् ।

    सोही कार्यक्रममा एमालेका ११ सय स्वयंसेवक पनि भेला भएका छन् ।

    २०८०, मंसिर १९ मंगलवार०५:४१:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार