आज देशका केही भागमा आंशिकदेखि सामान्य बदली, हिमाली भेगमा हिमपात

आज देशका केही भागमा आंशिकदेखि सामान्य बदली, हिमाली भेगमा हिमपात

२०८०, मंसिर २० बुधवार

  • 669
    SHARES

  • आज देशका केही भागमा आंशिकदेखि सामान्य बदली, हिमाली भेगमा हिमपात

    काठमाडौं । हाल कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    यस्तै, राति कोशी, मधेश, बागमती र गण्डकी आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सफा रहने छ।

    विभागका अनुसार देशभरको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न सबैमा आग्रह गरेको छ।

    २०८०, मंसिर २० बुधवार०७:४४:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार