आज यी प्रदेशमा हल्का वर्षा हुने सम्भावना

आज यी प्रदेशमा हल्का वर्षा हुने सम्भावना

२०८०, मंसिर २१ बिहिवार

  • 597
    SHARES

  • आज यी प्रदेशमा हल्का वर्षा हुने सम्भावना

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

    हाल कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

    बिहीबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

    कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    २०८०, मंसिर २१ बिहिवार१०:५३:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार