नेपालमा अब राजतन्त्र कुनै हालतमा फर्किदैन :अध्यक्ष ओली

नेपालमा अब राजतन्त्र कुनै हालतमा फर्किदैन :अध्यक्ष ओली

२०८०, मंसिर २२ शुक्रवार

  • 681
    SHARES

  • नेपालमा अब राजतन्त्र कुनै हालतमा फर्किदैन :अध्यक्ष ओली

    पोखरा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब राजतन्त्र कुनै हालतमा फर्किन नसक्ने बताएका छन् । 

    मध्यपहाडी लोकमार्गको अभियानको क्रममा पर्वत र कास्कीका विभिन्न स्थानमा आई पुगेका अध्यक्ष ओलीले अब नेपालमा राजतन्त्र फर्किन नसक्ने ठोकुवा गरे ।

    ‘जसरी अब वि.सं. २०६५ साल इतिहासमा फर्किन सक्दैन त्यसैगरी अब राजतन्त्र पनि फर्किन सक्दैन,२०६५ सालमै राजतन्त्रको अन्त्य भइसक्यो’,उनको भनाई थियो । 

    पछिल्लो समय राजतन्त्र फर्काउने भनेर गरिएको हल्ला फण्डाबाजी मात्र भएको उनले बताए । उनले राजतन्त्रको नाममा अराजकता फैलाउन नहुने बताए । उनले राजतन्त्र फर्काउने भन्दै एक थरी अराजकतावादीहरू चलबलाई रहेको भएता पनि सरकारले टुलुटुलु हेरेर बसिरहेको बताए ।

    अध्यक्ष ओलीले मिसन-०८४ मार्फत एमालेले एकल सरकार बनाएर जनताका सपना पूरा गर्ने दाबी गरे । मङ्सिर १४ गतेदेखि सुरु भएको २१ दिने अभियानमा सङ्कलन गरिएका सबै माग र सुझाव  राष्ट्रनिर्माणको खाका र योजना बनाउने गरि आफूहरूले छलफल गर्ने उनको भनाई थियो ।

     

    २०८०, मंसिर २२ शुक्रवार१२:०१:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार