नेपाली काँग्रेस गण्डकी प्रदेश सम्मेलन आज

नेपाली काँग्रेस गण्डकी प्रदेश सम्मेलन आज

२०८०, पौष ३ मंगलवार

  • 661
    SHARES

  • नेपाली काँग्रेस गण्डकी प्रदेश सम्मेलन आज

    गण्डकी । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ ।

    काँग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले राससलाई जानकारी दिनुभयो ।

    सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुनुहुने सभापति शर्माले बताउनुुभयो । सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुने र बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ ।

    सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने पार्टीको गण्डकी प्रदेश प्रचार–प्रसार समितिका उपप्रमुख शिरोमणि बरालले बताउनुभयो ।

    २०८०, पौष ३ मंगलवार०७:३५:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार