अर्थतन्त्र सुधार्न काँग्रेसले सरकारको नेतृत्व लिनुपर्ने

अर्थतन्त्र सुधार्न काँग्रेसले सरकारको नेतृत्व लिनुपर्ने

२०८०, पौष १३ शुक्रवार

  • 817
    SHARES

  • अर्थतन्त्र सुधार्न काँग्रेसले सरकारको नेतृत्व लिनुपर्ने

    पाँचथर । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले देशको अर्थतन्त्र सुधार्न नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने वताउनु भएको छ ।

    मुलुकको अर्थतन्त्र जटिल मोडमा पुगेको वास्तविकतातर्फ सर्वसाधारणको ध्यान आकर्षण गराउँदै नेता कोइरालाले अर्थतन्त्रलाई सुधार गरेर देशलाई सही दिशा दिन काँग्रेसले सरकारको नेतृत्व लिन ढिलाई गर्न नहुने बताउनुभयो ।

    नेपाली काँग्रेस, जिल्ला कार्यसमिति पाँचथरको प्रथम जिल्ला सम्मेलनमा सहभागी हुन यहाँ आउनुभएका उहाँले पत्रकारहरुसँग कुरा गर्दै देशमा सुशासन कायम नहुँदा अराजकता बढेको बताउनुभयो । जनतामा व्याप्त निराशाको अन्त्यका लागि आफ्नो पार्टीले सरकारको नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो ।

    नेपाली काँग्रेस पाँचथरले आफ्नो पहिलो जिल्ला सम्मेलन शुक्रबार फिदिममा आयोजना गर्दैछ ।

    २०८०, पौष १३ शुक्रवार०७:५१:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार