एमालेको प्राथमिकता सरकार होइन : महासचिव पोखरेल

एमालेको प्राथमिकता सरकार होइन : महासचिव पोखरेल

२०८०, माघ २ मंगलवार

  • 717
    SHARES

  • एमालेको प्राथमिकता सरकार होइन : महासचिव पोखरेल

    बाँके । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिले एमालेको प्राथमिकतामा सरकार नरहेको बताउनुभएको छ । 
     
    प्रेस चौतारी नेपाल बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अहिले हाम्रो प्राथमिकताका सरकार होइन, जनताका समस्याप्रति चिन्तित भएका छौँ ।” वर्तमान सरकारले जनताका समस्या सम्बोधन गर्न र विकास तथा समृद्धिका यात्रामा ध्यान दिन उहाँले सुझाव दिनुभयो ।  
     
    कम्युनिष्ट पार्टीबीच तत्काल पार्टी एकताको सम्भावना नरहेको उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो, “विगतमा सकारात्मक सोंचका साथ पार्टी एकता भएको थियो तर सफल हुन सकेन, अब नेतानेताको असफल एकताको पछि होइन कार्यकर्ता र जनताको एकता गर्दै पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गर्न लागिपरेका छौँ ।”
     
    प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य, खेममान खड्का, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य ढकाललगायत सहभागी हुनुहुन्थ्यो ।

    २०८०, माघ २ मंगलवार०८:०१:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार