निर्वाचन प्रणाली सुधार्नुपर्नेमा नेता कोइरालाको जोड

निर्वाचन प्रणाली सुधार्नुपर्नेमा नेता कोइरालाको जोड

२०८०, माघ २३ मंगलवार

  • 677
    SHARES

  • निर्वाचन प्रणाली सुधार्नुपर्नेमा नेता कोइरालाको जोड

    झापा । नेपाली काँग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधान संशोधन गरेर भए पनि निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्ने बताउनुभएको छ । संविधानमा उल्लिखित निर्वाचनसम्बन्धी व्यवस्थामा संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो ।

    काँग्रेसले सुरु गरेको समुदायमा काँग्रेस अभियानअन्तर्गत सोमवार झापाको दमकमा आयोजित सुझाव सङ्कलन तथा अगुवा कार्यकर्ताहरुसँगको अन्तरक्रियामा डा कोइरालाले आरक्षित समुदायका बीचमा मात्रै चुनावी प्रतिस्पर्धा हुने गरी व्यवस्था मिलाउन आफ्नो पार्टीले नीतिगत पहल गर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “अब आरक्षित समुदायका लागि टिकट मात्रै होइन सिटनै सुरक्षित गर्नुपर्छ । महिला–महिला, दलित–दलितमा र जनजाति–जनजातिका बीचमा प्रतिस्पर्धा हुने गरी संविधानमा नै व्यवस्था गर्नुपर्छ ।”

    नेता कोइरालाले समानुपातिक प्रणालीबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने र प्रतिनिधिसभामा भने प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

    अन्तरक्रियामा झापाको माईपश्चिम भूगोल दमक, कमल, गौरादह र शिवसताक्षी नगरपालिकाका २३ जना अगुवा नेता–कार्यकर्ताले नेता कोइरालासमक्ष सुझावहरु राखेका थिए ।

    नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्ला तहबाट पार्टीले सञ्चालन गरिरहेका कार्यक्रमहरुका बारेमा जानकारी दिनुभएको थियो ।

    सुझावको ओइरो
    अन्तरक्रियाका अधिकांश सहभागीले आगामी निर्वाचनमा काँग्रेसले अन्य दलसँग गठबन्धन गर्न नहुने सुझाव दिएका थिए भने भ्रातृ सङ्घहरुको गठन र परिचालनमा ध्यान दिइनुपर्ने, समय– समयमा जनसेवाका कार्यक्रम सञ्चालन गर्नुपर्ने, सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुको भूमिका सशक्त बनाइनुपर्ने, काँग्रेसले गरेका कामको प्रचारप्रसार उल्लेख्य मात्रामा हुनुपर्ने, चुनावमा टिकट वितरण गर्दा पहुँच र पैसालाई प्राथमिकता दिन नहुने तथा उम्मेदवारको लोकप्रियतालाई ध्यान दिनुपर्ने लगायत विविध सुझाव प्रस्तुत गरेका थिए ।

    २०८०, माघ २३ मंगलवार०८:५५:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार