काँग्रेस केन्द्रीय समिति बैठक बिहीबार

काँग्रेस केन्द्रीय समिति बैठक बिहीबार

२०८०, माघ २९ सोमवार

  • 609
    SHARES

  • काँग्रेस केन्द्रीय समिति बैठक बिहीबार

    काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन ३ गते बिहीबार हुने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा फागुन ७ देखि १० गतेसम्म हुने कांग्रेस महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । कांग्रेस महासमिति बैठक ललितपुरको गोदावरीमा हुँदैछ ।

    पार्टीको १४औँ महाधिवेशनपछि पहिलोपटक हुन लागेको महासमिति बैठकलाई नीति अधिवेशनका रूपमा गर्नेगरी कांग्रेस केन्द्रीय कार्यालयले तयारीलाई तीव्र गतिमा अघि बढाएको छ । हाल देशभरबाट ९० प्रतिशत महासमितिको निर्वाचन सम्पन्न भइसकेको र बाँकी स्थानमा पनि हुने क्रममा रहेको उहाँले बताउनुभयोे ।

    महासमिति बैठकमा पार्टी केन्द्रीय कार्यसमिति, सबै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महासमिति सदस्य, भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क संस्थाबाट प्रतिनिधित्व हुनेगरी दुई हजार तीनभन्दा बढी महासमिति सदस्यले भाग लिनेछन् ।

    २०८०, माघ २९ सोमवार०७:०६:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार