उपसभापति खड्काको नीति प्रस्तावः जिम्मेवार काँग्रेस, समुुन्नत देश

उपसभापति खड्काको नीति प्रस्तावः जिम्मेवार काँग्रेस, समुुन्नत देश

२०८०, फाल्गुण ८ मंगलवार

  • 677
    SHARES

  • उपसभापति खड्काको नीति प्रस्तावः जिम्मेवार काँग्रेस, समुुन्नत देश

    पाटन । नेपाली काँग्रेसको जारी महासमिति बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गर्नुभएको छ ।

    ललिपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा प्रस्ताव प्रस्तुत गर्नुहुँदै उपसभापति खड्काले काँग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताउनुभयो ।

    जिम्मेवार नेपाली काँग्रेसस् समुुन्नत देश नारा दिएर नेपाली काँग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “मुलुकका विभिन्न युगान्तकारी परिवर्तनमा काँग्रेसको सन्तुलित समयन्वयकारी र सर्वस्वीकार्य राजनीतिक नेतृत्व भूमिका विचार र नीति निर्णायक रहँदै आएको छ ।” उहाँले भ्रष्टचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै आफ्ना हरेक गतिविधलाई पारदर्शी बनाउने अठोट गर्नुपर्ने प्रतिवेदन पेश गर्दै जानकारी दिनुभयो ।

    २०८०, फाल्गुण ८ मंगलवार०३:१०:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार