एमाले पेशागत विशेष जिल्ला कमिटी अध्यक्षमा पराजुली

एमाले पेशागत विशेष जिल्ला कमिटी अध्यक्षमा पराजुली

२०८०, फाल्गुण ८ मंगलवार

  • 893
    SHARES

  • एमाले पेशागत विशेष जिल्ला कमिटी अध्यक्षमा पराजुली

    काठमाडौं । नेकपा एमाले पेशागत विशेष जिल्ला कमिटी अध्यक्षमा मोहनकुमार पराजुली चयन भएका छन् ।

    गत फागुन ५ गते शनिवार एमाले मूख्यालय च्यासलमा उद्घाटन भएको नवौं अधिवेशनले सोमवार राती निर्वाचन मार्फत ५३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । 

    कमिटीको उपाध्यक्षमा सागर शर्मा, सचिवमा जिबी सुनुवार, उपसचिवमा एलडी भुसाल र युवराज लम्साल निर्वाचित भएका छन् ।

    १-१ पदका उपाध्यक्ष, सचिव र उपसचिवमा आकांक्षी धेरे भएपछि निर्वाचन मार्फत कमिटीले पूर्णता पाएको हो ।

    उपाध्यक्षमा कानुनबाट लेखनाथ अधिकारी र वित्तियबाट शागर शर्माले उम्म्ेदवारी दिएका थिए । छलफलका क्रममा अधिकारीले शर्मालाई समर्थन गरेपछि उपाध्यक्ष पनि सर्वसम्मतिमा टुंगियो ।

    तर सचिवका आकांक्षी कानुनबाट कुमारी खरेल र निजामतीबाट जिवी सुनुवारले दावी नछाडेपछि निर्नाचनमार्फत ९४ मत सहित सुनुवार निर्वाचित भए भने खरेलले ७१ मत प्राप्त गरिन् ।

    त्यस्तै उपसचिवमा वित्तिय क्षेत्रकै दुई उम्मेदवार युवराज लम्साल र सन्तोष ढकालको प्रतिस्पर्धामा ८८ मत सहित लम्साल विजयी भए भने ढकालले ७६ मत प्राप्त गरे । 

    त्यस्तै खुल्ला सदस्यमा कौस्तुप शर्मा र खेमनाथ पोखरेल विजयी बने भने केदार भट्टराई र ऋषि सुवेदी झिनो मतान्तरले पराजित बने । महिला र समावेशीमा पनि निर्वाचन मार्फत नै सदस्य चुनिए । 

    राती मतदान गरेको भन्दै होहल्लाका बीच भएको मतदानमा १६७ प्रतिनिधिले मतदान गरेका थिए । पर्याप्त जानकारी नै नदिई दुई दिन पछि राती मतदान गराएर आफु हार्न पुगेको पराजित उमेदवारको गुनासो रहेको बुझिएको छ । 

    अर्ध भुमिगत शैलीको यस कमिटीको अधिवेशनमा निजामती, शिक्षक, प्राध्यापक, अन्तरसंस्थान, वित्तीय, गैह्रसरकारी, स्थानीय तह, इञ्जिनीयरिङ, सञ्चारलगायत क्षेत्रका ३१३ प्रतिनिधिले अधिवेशनमा भाग लिएका थिए । 

    यस कमिटीमा एमालेका ७ हजार कार्यकर्ता रहेका बताईएको छ । 

    २०८०, फाल्गुण ८ मंगलवार०३:२९:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार