एमाले केन्द्रीय कमिटी बैठक : आजबाट समूहगत छलफल

एमाले केन्द्रीय कमिटी बैठक : आजबाट समूहगत छलफल

२०८०, फाल्गुण ९ बुधवार

  • 689
    SHARES

  • एमाले केन्द्रीय कमिटी बैठक : आजबाट समूहगत छलफल

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल हुने भएको छ । बैठकमा प्रस्तुत चार वटा कार्य योजनामा आजबाट समूहगत छलफल हुने भएको हो ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छलफलका लागि नौ वटा समूह बनाइएको जानकारी दिए । आज बिहान १० बजेबाट समूहगत छलफल सुरु हुने उनले बताए ।

    विभाग प्रमुख गौतमका अनुसार बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जन आधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय र समसामयिक प्रस्ताव छन् । बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

    २०८०, फाल्गुण ९ बुधवार०९:०९:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार