नेकपा एमाले कैलाली अध्यक्षमा ढुंगाना विजयी

नेकपा एमाले कैलाली अध्यक्षमा ढुंगाना विजयी

२०८०, फाल्गुण १२ शनिवार

  • 681
    SHARES

  • नेकपा एमाले कैलाली अध्यक्षमा ढुंगाना विजयी

    धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन्। पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना मुख्य प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन्।

    शनिबार बिहान सम्पन्न मतगणनाअनुसार ढुंगानाले दुई सय ८७ मत प्राप्त गर्दा पाण्डेले दुई सय १८ मत ल्याए। अध्यक्षका प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत मात्र पाए। उनी हालका कार्यवाहक अध्यक्षसमेत हुन्। अध्यक्षमा तीन जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए।

    यस्तै, उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन्। उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत प्राप्त गरे। उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन्।

    सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन्। चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै पाए।

    सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन्। उपसचिव ९खुला० मा भने ढुंगाना प्यानलका चुडामणि भट्ट विजयी भएका छन्। भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाए। यस्तै, अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरुङले ७१ मत पाए।

    उपसचिव ९महिला० मा गंगाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी भएकी छन्।उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाए।

    फागुन ६ गते सुरू भएको एमाले नवौं अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएको थियो। कुल पाँच सय ९१ प्रतिनिधि रहेकोमा पाँच सय ७७ मत खसेको थियो। आजै नै सदस्यको मतगणना हुने निर्वाचन कमिटीले जनाएको छ।

    २०८०, फाल्गुण १२ शनिवार०७:३५:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार