राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने

राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने

२०८०, फाल्गुण २० आइतवार

  • 753
    SHARES

  • राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ ।

    एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँलाई राष्ट्रियसभाका प्रमुख सचेतकमा आज मनोनयन गर्नुभएको हो ।

    एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागू हुनेगरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गर्नुभएको उहाँले राससलाई बताउनुभयो ।

    राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहनुभएका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो । एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्नुहुन्छ ।

    २०८०, फाल्गुण २० आइतवार०६:५१:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार