कांग्रेसईतरको नयाँ गठबन्धनबीच आठ बुँदे सहमति

कांग्रेसईतरको नयाँ गठबन्धनबीच आठ बुँदे सहमति

२०८०, फाल्गुण २१ सोमवार

  • 765
    SHARES

  • कांग्रेसईतरको नयाँ गठबन्धनबीच आठ बुँदे सहमति

    काठमाडौँ । नेपाली कांग्रेसलाई सत्ताबाट ओरालेर बनेको नयाँ गठबन्धनका चार दलबीच आठ बुँदे सहमति भएको छ ।

    एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ ।

    मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने चार दलको निर्णय छ । 

    साझा न्यूनतम कार्यक्रम बनाउने, चार दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शान्ति प्रक्रिया सहमतिका आधारमा अविलम्ब टुङ्गाउने, संघीय कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तलका सरकारलाई प्रभावकारी बनाउने पनि चार दलबीच सहमति भएको छ ।

    444.jpg

    २०८०, फाल्गुण २१ सोमवार०९:३४:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार