गठबन्धनमा सहभागी हुने दल निश्चित भएपछि मात्रै मन्त्रालय बाँडफाँट - पोखरेल

गठबन्धनमा सहभागी हुने दल निश्चित भएपछि मात्रै मन्त्रालय बाँडफाँट - पोखरेल

२०८०, फाल्गुण २२ मंगलवार

  • 741
    SHARES

  • गठबन्धनमा सहभागी हुने दल निश्चित भएपछि मात्रै मन्त्रालय बाँडफाँट - पोखरेल

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ गठबन्धनमा सामेल हुने दलहरूको संख्या नटुङ्गिएकाले तत्कालै मन्त्रालय बाँडफाँड नहुने जनाएका छन् ।

    सत्ता साझेदार ४ दलको ८ बुँदे सहमति सार्वजनिक गरेपछि पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले नयाँ गठबन्धनमा सहमति जनाउने अन्य दलसँग कुरा गरेर मात्रै मन्त्रिपरिषद् पूर्णता दिने प्रष्ट पारेका हुन् ।

    ‘कुन-कुन दल सामेल हुने भन्ने निश्चित नभएकाले अहिले मन्त्रालय बाँडफाँड हुँदैन, आज चार दलबीच भएको सहमति सार्वजनिक भएकै छ, हामीलाई बाँडफाँडमा समस्या छैन तर नयाँ आउनेलाई समस्या हुने ठानेर अहिले मन्त्रिपरिषद् बिस्तार गर्दैनौ’ एमाले महासचिव पोखरेलले भने,‘प्रमले भेटिरहनुभएको छ, धेरै दल यो प्रक्रियामा आउँछन्, नेकपा एस, लोसपा, नाउपासँग संवाद भइरहेको छ, उहाँहरू सकारात्मक हुनुहुन्छ ।’

    नेता पोखरेलले यसअघिको गठबन्धनबाट सरकारले चाहे जसरी डेलिभरी दिन नसकेर नयाँ गठबन्धन बनाउनुपरेको दाबी गरे ।

    २०८०, फाल्गुण २२ मंगलवार०७:४४:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार