प्रदेशसभाका सदस्यद्वारा अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता

प्रदेशसभाका सदस्यद्वारा अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता

२०७७, माघ ६ मंगलवार

  • 1.4K
    SHARES

  • प्रदेशसभाका सदस्यद्वारा अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता

    माघ ६, मोरङ ।

    प्रदेश–१ सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेशसभाका तीन सदस्यले हस्ताक्षर फिर्ता लिएका छन् ।  

    हस्ताक्षर फिर्ता लिने प्रदेशसभा सदस्यमा निवर्तमान राज्यमन्त्री जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली रहेका छन् । उनीहरुले प्रदेश–१ प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएको निवेदन बुझाएका छन् । 

    उनीहरुले गत पुस १२ गते प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरी निवेदन प्रदेशसभा सचिवालयमा दिएका थिए ।

    हस्ताक्षर फिर्ता लिने प्रदेशसभा सदस्य मनौलीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को चुनाव चिन्ह लिएर निर्वाचनमा विजयी भएका हामीले आफ्नो सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरी सरकार ढाल्नु इतिहासमा गलत काम गरेको उल्लेख हुने भएकाले फिर्ता लिएको जानकारी दिए ।

    उनले आफ्नो स्वाभिमानले पार्टी विभाजन पक्षमा नहरेको र एकतामा जोड दिनका लागि हामी तीन सदस्यले हस्ताक्षर फिर्ता लिएको जानकारी दिए । 

    २०७७, माघ ६ मंगलवार०६:४९:२३
    प्रतिक्रिया
    सम्बन्धित समाचार