चैते दसैँका अवसरमा गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

चैते दसैँका अवसरमा गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

२०८१, बैशाख ४ मंगलवार

  • 789
    SHARES

  • चैते दसैँका अवसरमा गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

    कास्की । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

    चैत्र शुक्ल अष्टमी (चैते दसैँ) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।

    मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो ।

    मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले जानकारी दिनुभयो ।

    २०८१, बैशाख ४ मंगलवार०७:३८:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार